गैर-वित्तीय सेवा

(१) सदस्य कल्याणकारी कोषको ब्यवस्था

शेयर सदस्यको मृत्यु भएमा आफुले जम्मा गरेको शेयर रकमको २ गुणा र सदस्य कल्याणकारी कोषमा जम्मा गरेको रकमको ८ गुणाले हुन आउने रकम मध्ये कम हुन आउने रकम आश्रित परिवारलाई सदस्य कल्याणकारी कोष नीति बमोजिम प्रदान गरिने छ र आफु जीवित छँदा नै सो रकम उपभोग गर्न चाहेमा ६५ वर्ष उमेर पुगेपछि शेयर रकमको २ गुणाले हुन आउने रकमको ८०% प्रदान गरिने ब्यवस्था रहेको छ। सो रकम प्राप्त गर्न सदस्य वनेको ३ वर्ष भित्रमा जम्मा गरेको शेयर रकमलाई आधार मानिनेछ। अधिकतम शेयर रकम रु २५,०००।– रहेको छ।

(२) प्रसुति सेवा खर्चको ब्यवस्था

महिला शेयर सदस्यहरुलाई पहिलो २ पटक सम्मको बच्चा पाउनेको लागि प्रति पटक प्रसुति खर्च रु १,५००।– को ब्यवस्था गरिएको छ।

(३) विशेष जेष्ठ सदस्य सम्मान

८४ र १०० वर्ष पुरा भएको शेयर सदस्यहरुको लागि क्रमशः नगद रु ५,०००।– र रु १०,०००।– सहित विशेष सम्मान गरी अभिनन्दन गरिने कार्यक्रम रहेको।

(४) रेमिट्यान्स सेवा

स्वदेश तथा विदेशको जुनसुकै ठाउँवाट पठाएको रकम प्राप्त गर्न एवं स्वदेशको जुनकुनै ठाउँमा पैसा पठाउन प्रभु मनी ट्रान्सफर, आई. एम. ई., हिमाल रेमिट, वेस्टर्न यूनियन, आई पे रिलायबल, बेष्ट रेमिट, पानस रेमिट, सिटी एक्सप्रेस, मुक्तिनाथ रेमिट मार्फत सेवा प्रदान गरिराखेको।

(५) बिल भुक्तानी एवं रिचार्ज

आईएमई पे र हिमचुली मोबाईल पे App दुवैमार्फत साना शहरी खानेपानी, बिद्युत र टेलिफोनको महशुल भुक्तानी एवं इन्टरनेट, डिस होम, क्लियर टिभी र सिमकार्ड रिचार्ज सेवा रहेको ।

(६) थप सेवाहरु

  • शेयर सदस्यहरुलाई PHD सम्मान कार्यक्रम संस्थाको स्थापना दिवशमा गरिने ।
  • सरकारी र संस्थागत विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म शेयर सदस्यहरुको अध्ययनरत छोरा छोरीहरु मध्ये उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुको लागि संस्थाको स्थापना दिवशमा छात्रवृत्ति प्रदान गरिने।
  • प्रत्येक वार्षिक साधारण सभामा ज्येष्ठ १ जना पुरुष र १ जना महिला शेयर सदस्यलाई सम्मान गरिने।
  • असल ऋणीको पहिचान गरी वार्षिक साधारण सभामा ३ जना शेयर सदस्यहरुलाई सम्मान गरिने।
  • कृषिजन्य उत्पादन मूलक ब्यवसायको लागि सरल ब्याजको साथै उद्यमीहरुलाई आवश्यक प्राविधिक ज्ञानको समेत ब्यवस्था गरिने।
  • वित्तिय साक्षरता एवं सहकारी शिक्षाको कार्यक्रम निरन्तर चलिरहेको।
  • विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउनका लागि समय समयमा विद्यालय र क्याम्पस स्तरिय हाजिरीजवाफ, वक्तृत्वकला, निवन्ध र चित्रकला प्रतियोगिता गराई सहकारीको प्रवद्र्धनात्मक कार्य गरेको।
  • संस्थाका शेयर सदस्यहरुलाई आमा–बा अस्पताल गोरखा मार्फत स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गरेको।
  • अन्य विभिन्न सामाजिक अभियानमा संलग्न।