हिमचुली नै किन?

१) संस्थाको आफ्नै सुविधा युक्त भवनमा कार्यालय सञ्चालन
२) सदस्यता सधै खुल्ला
३) प्रजातान्त्रिक विधि र प्रक्रियावाट सञ्चालित
४) संस्थामा आवश्यक विनियम, नीति, कार्यविधिहरु भएको
५) जिल्ला एवं राष्ट्रिय रुपमा नै पहिचान प्राप्त भएको
६) शेयर सदस्यहरुको सुविधाको लागि सीमित बैंकिङ्ग कार्यक्रम सञ्चालन भएको
७) प्रत्येक वर्ष नियमित रुपमा साधारण सभा एवं लेखा परीक्षण सम्पन्न भएको
८) स्थापना कालदेखि नै विश्वसनियता प्राप्त गर्दै आएको
९) संस्था सञ्चालनमा आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत वनाइएको
१०) गैर शेयर सदस्यका विपन्न एवं असहाय विद्यार्थीहरुलाई समेत छात्रवृत्ति दिने कार्यक्रम रहेको
११) न्यून शेयर रकममा पनि सदस्यता प्रवेश
१२) ६० वर्ष उमेर पूरा भएका ब्यक्तिलाई समेत सदस्यता प्रवेश खुल्ला
१३) संस्थाको दीगो विकासको लागि विश्वसनियता हासिल गर्न गुणस्तर सुनिश्चितताको ब्राण्ड प्राप्त गर्न प्रोवेशन (PROBATION) कार्यक्रममा समावेश भएको
१४) संस्थागत सामाजिक उत्तरदायित्वको भावनालाई अङ्गिकार गरेको
१५) सहकारीको मूल्य, मान्यता, आदर्श र सिद्धान्त बमोजिम सञ्चालनमा रहेको
१६) संस्थागत वित्तिय अवस्थालाई सन्तुलनमा राख्न पल्र्स विश्लेषण पद्धति अपनाइएको
१७) प्रत्येक वर्ष शेयर सदस्यहरुलाई नियमानुसार लाभांश प्रदान गरिदै आएको
१८) संस्थाको सुदृढिकरणको लागि ३ वर्षे रणनीतिक योजना अनुसार कार्य भै राखेको
१९) आ.व. २०६२/०६३ मा तत्कालिन डिभिजन सहकारी कार्यालय, दमौंली, तनहुँवाट गोरखा जिल्लाको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत र सम्मानित गरिएको
२०) नेपस्क्यूनको ३२ औं स्थापना दिवशको अवसरमा नेपस्क्यूनवाट यस संस्थालाई आ.व. २०७६/०७७ को उत्पादन तथा सेवा तर्फ उत्कृष्ट योगदान पु¥याए वापत उच्च मूल्याङ्कन सहित प्रशंसा पत्र प्राप्त भएको