हाम्रो बारे

संक्षिप्त परिचय

छरिएर रहेको स्थानिय श्रम, शीप, पूँजी र प्रविधिलाई एकत्रित गरी सो को समुचित परिचालन र उपयोग गर्दै सदस्यहरु बीच पारस्परिक एकता कायम गरी सहकार्यको माध्यमवाट सदस्य तथा समुदायको आर्थिक, सामाजिक एवं साँस्कृतिक रुपान्तरण गर्ने मूल मर्मलाई आत्मसाथ गर्दै शुरुमा ३० जना शेयर सदस्यहरुको प्रयासवाट वि. सं. २०४९ साल फाल्गुण १५ गते “हिमचुली बचत तथा ऋण सहकारी संस्था लि.” को स्थापना भयो। वि. सं. २०५०/०९/२९ मा डिभिजन सहकारी कार्यालय दमौंलीमा दर्ता भै गोरखा नगरपालिका वडा नं. ७, नयाँवजार, गोरखामा विधिवत रुपमा संचालित छ।स्व. शम्भुबाबु मरहट्टाको अध्यक्षतामा शुरुवात भएको यस संस्था प्रारम्भ गर्ने ३० जना शेयर सदस्यज्यूहरुलाई नै संस्थाको संस्थापकको रुपमा स्वीकारिएको छ।

संस्था स्थापना कालदेखि सहकारीको मूल्य, मान्यता, आदर्श एवं सिद्धान्तलाई अङ्गिकार गरी नीति, विधि र प्रविधिमा सञ्चालित हुदै आएको वास्तविकता हामी समक्ष स्पष्ट छ। विविध आरोह अवरोहका बीच संस्था गतिशिल रुपमा सञ्चालित भै सफलताको परिचायकको रुपमा स्थापनाको २५ औं वर्ष गाँठको सन्दर्भमा रजत महोत्सव समेत भब्य रुपवाट सम्पन्न गरी सकेको छ। यस संस्थाको सुदृढिकरण एवं दीगो विकास गरी मर्यादित र सूशासित तवरवाट संस्थालाई स्थापित गर्दै साकोसको क्षेत्रमा विश्वसनियता हासिल गर्न नेपस्क्यूनबाट सञ्चालित गुणस्तर सुनिश्चितताको प्रामाणिक व्राण्ड प्राप्त गर्न प्रोवेशन कार्यक्रममा संस्था समावेश भई आएको छ।

 

परिकल्पना

संस्थाको कार्यक्षेत्र भित्रका वहु संख्यक नागरिकहरुलाई संस्थामा आवद्ध गराई समतामूलक समाजको सृजना गर्न सबल, सक्षम एक अग्रणी संस्थाको रुपमा स्थापित गर्ने।

ध्येय

शेयर सदस्यहरुलाई सरल र सुलभ रुपमा ऋण तथा अन्य आवश्यक सेवाहरु उपलब्ध गराई उद्यमशिलता मार्फत स्वावलम्बी, आत्मनिर्भर र स्वतन्त्र नागरिकको रुपमा विकास गराई शोषण रहित समाजको विकास गर्ने।

उद्देश्य

(१) आम ब्यक्तिहरुलाई बचत गर्न उत्प्रेरित गराई सुरक्षित भविष्यको सुनिश्चितता कायम गर्ने ।
(२) बचतको समुचित परिचालन गरीसदस्य तथा समुदायको जीवनस्तर उच्च गरी न्यायोचित समाजको सृजना गर्ने ।
(३) कार्यक्षेत्र भित्रका सवै नागरिकहरुलाई संगठित गरी नेतृत्व क्षमताको विकास गरी विकासको मूल प्रवाहमा सहभागिता गराउने ।
(४) ऐक्यवद्धता, मेलमिलाप र सामाजिक सद्भाव कायम गरी “एकका लागि सवै र सवैका लागि एक” भन्ने भावना जागृत गराई सुसंस्कृत समाजको निर्माण गर्ने ।
(५) शिप, ज्ञान र क्षमताको विकास गरी उत्पादनमूलक, आयमूलक र रोजगारमूलक ब्यवसाय गर्न उन्मुख गराउने ।
(६) सामूहिक उद्यमशिलतालाई विशेष सरलीकरण एवं सहजीकरण गर्दै सहकार्यको भावना जागृत गर्ने ।
(७) सहकारी शिक्षा एवं वित्तिय साक्षरताको माध्यमवाट सदस्य तथा समुदायलाई सहकारी जीवनको एक अभिन्न अंगको रुपमा विकास गरी दीगो विकास लक्ष्य हाँसिल गर्ने ।
(८) जन्मदेखि मृत्यु पर्यन्तसम्म मानव समुदायमा सामाजिक क्रियाकलापको माध्यमवाट समाजमा सदाचारिताको भावना विकास गर्ने ।
(९) समग्रमा उद्यमशिल, शिपयुक्त र ब्यवसायिक वनाई सदस्य तथा समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गरेर समतामूलक समाजको स्थापना गर्ने ।