परिचय

छरिएर रहेको स्थानिय श्रम, शीप, पूँजी र प्रविधिलाई एकत्रित गरी सो को समुचित परिचालन र उपयोग गर्दै सदस्यहरु बीच पारस्परिक एकता कायम गरी सहकार्यको माध्यमवाट सदस्य तथा समुदायको आर्थिक, सामाजिक एवं साँस्कृतिक रुपान्तरण गर्ने मूल मर्मलाई आत्मसाथ गर्दै शुरुमा ३० जना शेयर सदस्यहरुको प्रयासवाट वि. सं. २०४९ साल फाल्गुण १५ गते “हिमचुली बचत तथा ऋण सहकारी संस्था लि.” को स्थापना भयो। वि. सं. २०५०/०९/२९ मा डिभिजन सहकारी कार्यालय दमौंलीमा दर्ता भै गोरखा नगरपालिका वडा नं. ७, नयाँवजार, गोरखामा विधिवत रुपमा संचालित छ।स्व. शम्भुबाबु मरहट्टाको अध्यक्षतामा शुरुवात भएको यस संस्था प्रारम्भ गर्ने ३० जना शेयर सदस्यज्यूहरुलाई नै संस्थाको संस्थापकको रुपमा स्वीकारिएको छ।

संस्था स्थापना कालदेखि सहकारीको मूल्य, मान्यता, आदर्श एवं सिद्धान्तलाई अङ्गिकार गरी नीति, विधि र प्रविधिमा सञ्चालित हुदै आएको वास्तविकता हामी समक्ष स्पष्ट छ। विविध आरोह अवरोहका बीच संस्था गतिशिल रुपमा सञ्चालित भै सफलताको परिचायकको रुपमा स्थापनाको २५ औं वर्ष गाँठको सन्दर्भमा रजत महोत्सव समेत भब्य रुपवाट सम्पन्न गरी सकेको छ। यस संस्थाको सुदृढिकरण एवं दीगो विकास गरी मर्यादित र सूशासित तवरवाट संस्थालाई स्थापित गर्दै साकोसको क्षेत्रमा विश्वसनियता हासिल गर्न नेपस्क्यूनबाट सञ्चालित गुणस्तर सुनिश्चितताको प्रामाणिक व्राण्ड प्राप्त गर्न प्रोवेशन कार्यक्रममा संस्था समावेश भई आएको छ।

हाम्रो सेवाहरु

निक्षेप योजना

विद्धमान प्रतिस्पधात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज प्रदान गर्ने निम्न बमोजिमको योजनाहरु लागु गरिएको छ।

कर्जा तथा सापटी

समयको माग संगै सदस्य महानुभावहरु उद्योग एवं व्यापार विस्तारका लागि आवस्यकता अनुसार निम्न शिर्षक अन्तर्गत कर्जा प्रदान गरिएको छ।

प्रविधि

संस्थाको दैनिक कार्यलाई चुस्त दुरुस्त बनाउने, छिटो छरीटो तथा सरल तवरबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न आधुनिक बैंकिंग सफ्टवेयर जादाँ गरिएको छ।

नियमित बचत गरी आफ्नो र आफ्नो परिवारको भविष्य उज्ज्वल बनाऔ।

सम्पर्कमा रहनुहोस्

यदि तपाइलाई हाम्रो निक्षेप, कर्जा, सापटी तथा अरु योजनाहरु बारे जानकारी लिन इच्छा भएमा हामीलाई इमेल वा फोन गर्नुहोस।

  • गोरखा नगरपालिका-७, नयाँ बाजार, गोरखा
  • ०६४-४२०७२३
    ०६४-४२०७२४